विचार/ब्लग

प्रधानमन्त्रीलाई खुला-पत्र: निर्मलाले न्याय नपाएको महिनौं भयो, कुन कुनामा बसेर रमिता हेर्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीज्यु,
म एउटा साधारण नागरीक भएको नाताले हजुरलाई खुल्लापत्र र्माफत मेरा मनमा लागेका केही धारणाहरु व्यक्त गर्दैछु ।

-जयन्ती बडुवाल

प्रधानमन्त्रीज्यु, हजुरले कहिले सम्म हो यस्ता कोरा भाषण मात्र गर्ने ? के हामी जनताले तपाईको बकवास भाषण र उखानटुक्काले विकास र शान्ती पाउछौँ त ? के तपाई ग्रामीण भेगका जनताहरुको सामस्यालाई अझैपनि पानी जहाज र रेलमार्फत समाधान गर्ने सपना बाँढ्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीज्यु, जहाँ एउटा सामन्य सिटामोल नपाएर दैनिक जसो गरीब जनता मरिरहेका छन् । त्यहाँका जनताहरुलाई बकवास भाषण दिएर के उनीहरुको मुहारमा हर्ष ल्याउन सकिन्छ र ? साँच्चिकै के यो म जस्ता बेरोजगार युवायुवतीले तपाईकै बकवास भाषणमा सधैं लोभिनु पर्ने हो त ? के हामी अबुझ भएरै तपाई जस्तो उच्च पदमा बसेको व्यक्तीको कुरालाई विश्वास गरेर समद्धीको सपना देखेका छौं त ? के तपाई हावाबाट विजुली र रेलका मात्र कुरा गरेर जनताको विश्वास जितिरहनुहुन्छ त ? निर्मला पन्तको बारेमा ख्वै त  चित्त बुझ्दो जवाफ ?

त्यसैले प्रधानमन्त्रीज्यु यस्ता हावा भाषणले मात्र हाम्रो मन जित्न सक्नु हुन्न बरु अलिकतिभएपनि काम गरेर देखाउनुस, चिल्ला भाषण भन्दा पहिले, अनि मात्र भन्नुस् यस्तो काम गरे भनेर, तब मात्र सजिलै हाम्रो मनलाई पगालेर सधैं अहिले चुनिए जस्तै गरी चुनिनुहुन्छ ?

प्रधानमन्त्रीज्यु बिकटका जनता अहिलेपनि खान नपाएर छट्पटाईरहेका छन् । के सधैं तपाईको उखानटुक्कामात्र उनीहरुले सुन्ने? अनि यसबाट नै देशको मुहार फेरिन्छ त ? प्रधानमन्त्रीज्यु, जनताहरु सोझा भएर भाषण दिएर मन जित्न खाज्नु भएको होला तर जनताले सधैं यो बकवास भाषण आवश्यक ठानेका छैनन् । त्यसैले प्रधानमन्त्रीज्यु यस्ता हावा भाषणले मात्र हाम्रो मन जित्न सक्नु हुन्न बरु अलिकतिभएपनि काम गरेर देखाउनुस, चिल्ला भाषण भन्दा पहिले, अनि मात्र भन्नुस् यस्तो काम गरें भनेर, तब मात्र सजिलै हाम्रो मनलाई पगालेर सधैं अहिले चुनिए जस्तै गरी चुनिनुहुन्छ ? तपाईले कयौं बेरोजगारीलाई रोजगार दिने, रेल ल्याउने, हावाबाट बिजुली निकाल्ने, पाईपलाईनबाट घरघरमा ज्ञास जोडिदिने, वृद्धवृद्धालाई धेरै पैसा दिन जस्ता ठूला सपना भन्दा काठमाण्डौको धुलो हटाउनुस, शिक्षा र स्वास्थ्य क्षेत्रमा म जस्ता मध्यम वर्गीयमा पहुंच हुने व्यवस्था गर्नुस, निर्मलाहरुलाई न्याय दिनुस, त्यसपछि केही काम देखिन्छ, र म मात्र होईन तीन करोड नेपाली जनताले सही रुपमा तपाईलाई पत्याउनेछन् ।

प्रधानमन्त्रीज्यु, देश अपराधीहरुले बनेको थलो जस्तै भएको छ तपाईले देखाएका सपनाले गर्दा, एउटा मुखले बक्ने व्यवहारमा त्यो भन्दा फरक गर्ने प्रवृतिले गर्दा न देशको मुहार फेरिन्छ, न त जनताकै मुहारमा खुसी छाउन सक्छ । त्यसैले अब यो तर्फ पनि सोच्ने बेला आयो । एउटा निर्दोष बालिकाले न्याय नपाएको महिनौ भई सक्दा पनि खोइ त प्रधानमन्त्रीज्यु तपाई कुन कुनामा बसेर रमिता हेर्दै हुनुहुन्छ ? के तपाईलाई निर्मला पन्तको अत्माले धिक्कार्दैन होला त ? जुन देशमा निर्दोष पिडितले न्याय पाउन पनि मानसीक सन्तुलन गुमाउनु पर्छ, भोकभोकै न्यायको लागि भैतारीनु पर्छ, के अब हामी गर्व गर्न सक्छौं त, तपाई जस्तो बकवास प्रधानमन्त्रीका जनता हौं भनेर ? तथापि, अब यस्ता भाषण गर्ने समय होइन, यो त काम गर्ने समय हो प्रधानमन्त्रीज्यु ?

जुन देशमा निर्दोष पिडितले न्याय पाउन पनि मानसीक सन्तुलन गुमाउनु पर्छ, भोकभोकै न्यायको लागि भैतारीनु पर्छ, के अब हामी गर्व गर्न सक्छौं त, तपाई जस्तो बकवास प्रधानमन्त्रीका जनता हौं भनेर ? तथापि, अब यस्ता भाषण गर्ने समय होइन, यो त काम गर्ने समय हो प्रधानमन्त्रीज्यु ?

प्रधानमन्त्रीज्यु, म एउटा जिम्मेवार नेपाली नागरीक भएको नाताले, एउटा देशको विकासका लागि चिन्तिक विद्यार्थी भएको नाताले, म एउटा नेपालको विकट सूदुरपश्चिमकी नारी भएको नाताले मनमा लागेका केही असन्तुष्टी, आक्रोस व्यक्त गरेकी मात्र हु, मलाई लाग्छ नेपाललाई माया गर्नुहुने तीन करोड नेपाली दाजुभाईदिदीबहिनीको प्रतिनिधित्व मैले यस पत्रमार्फत गरेकी छु ।