आर्थिक

लिवर्टी ईनर्जी कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

काठमाण्डौ । लिवर्टी इनर्जी कम्पनी, काठमाण्डौद्धारा प्रवद्र्धित लमजुङ जिल्ला स्थित २५ मे.वा.क्षमताको माथिल्लो दोर्दी “ए”जलविद्युत आयोजनाको प्रभावित स्थानीय तथा सर्वसाधारण समेतको लागि साधारण शेयर जारी गर्न प्रवर्धक कम्पनी लिवर्टी इनर्जी कम्पनी र निष्काशन तथा बिक्री प्रवन्धक एनआईविएल एस क्यापिटल बीच साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा प्रवद्र्धक कम्पनीको तर्फबाट प्रबन्ध संचालक डा. आत्माराम घिमिरे तथा एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव महाप्रबन्धक कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरे ।

यस कम्पनीको हाल अधिकृत पुँजी १ अर्व ५० करोड रहेकोमा उक्त पूँजीको १०% का दरले हुनआउने १५ करोड बराबरको १५ लाख कित्ता शेयर उद्योग प्रभावित क्षेत्र लमजुङ जिल्लाका स्थानिय बासिन्दालाई र थप १५% अर्थात रु.२२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणहरुमा जारी गर्ने योजना रहेको छ । यसरी शेयर जारी गरी बाँडफाँट गरे पश्चातकम्पनीको अधिकृत पूँजी,जारी पूँजी तथा चुक्तापूँजी रु.१ अर्व ५० करोड हुनेछ ।

यस कम्पनीले हाल निर्माण गरिरहेको माथिल्लो दोर्दी “ए”जलविद्युत आयोजना लमजुङ जिल्ला स्थित दोर्दी गाँउपालिका (साविक फलेनी र ढोडेनीगा.वि.स) मा अवस्थित छ । उक्त आयोजनाको हाल टनेल खन्ने कार्य सम्पन्नभई सोको फिनिसिङ कार्य भईरहेको, पेनस्टक पाईप राख्ने काम अन्तिम चरणमा पुगिसकेको, हेडवक्र्स तथा डिसेण्डर र पावर हाउस तथा टेलरेसको कार्य समेत अन्तिम चरणमा पुगेको र पावर हाउसमा जडान गरिने आवश्यक इलेक्ट्रो मेकानिकल उपकरण साईट सम्म ढुवानी भईरहेको तथा जडानको लागि समेत तयारी भईरहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाईमा ९ वटा बैंक तथा वित्तिय संस्थाहरुको ऋण लगानी रहेको उक्त आयोजनाको कार्यहालसम्म करीब ८५% सम्पन्नभई सकेको छ साथै आगामी चैत्र मसान्तसम्म निर्माण कार्य सम्पन्नगर्ने लक्ष्य रहेको छ ।

उक्त आयोजनाको लागि इलेक्ट्रो मेकानिकल उपकरणहरु विश्वसनीय युरोपियन उपकरण निर्माता कम्पनी Andritz Hydro Pvt. Ltd. बाट खरिद गरिएको छ ।र यस आयोजनाबाट उत्पादित विद्युत करिब १०० मिटरको दुरीमा निर्माणाधीन नेपाल विद्युत प्राधिकरणको किर्तिपुर स्थित सव–स्टेशनमाजोडिने छ ।

यस कम्पनीको अध्यक्ष कुशकुमार जोशी तथा प्रवन्ध संचालक डा.आत्माराम घिमिरे छन् । साथै सञ्चालकहरु सुसिल थापा, रामबहादुर पाण्डे, राजेन्द्र वस्ती छन् । कम्पनीका सञ्चालकहरु देशको अग्रणी व्यापारिक समुह तथा अनुभवी उद्योग व्यवसायीसाथै बैंक तथा वित्तिय संस्थामा पूर्व सञ्चालक आदि छन् जसले आफ्नो सिप र ज्ञानको माध्यमबाट आयोजनालाई समयमै तथा कमलागतमै सम्पन्नगर्न हरतरह रुपले कार्य गरिरहेका छन् ।

उक्त आयोजनाको नेपाल विद्युत प्राधिकरणसँग भएको सम्झौता अनुसार व्यापारिक उत्पादनगर्नुपर्ने मिति २०७६ भाद्र १४ भएतापनि आयोजनाको कार्य प्रगति हेर्दा कम्पनीको लक्ष्य भित्रै आयोजना सम्पन्नहुने कम्पनीले अनुमान गरेको छ ।