राजनीति

नेकपा स्थायी समिति सदस्य पोख्रेल र गुरुङ मुख्यमन्त्रीबाट राजिनामा दिने तयारीमा !

काठमाण्डौ । नेकपाका स्थायी समिति सदस्य शंकर पोख्रलले राजीनामा दिने बताएका छन् । नेता पोख्रेल र बृथ्बी सुब्बा गुरुङलाई प्रदेश ५ र ४ को क्रमसः ईन्चार्ज बनाईएपछि पार्टी नेतृत्वसंग आफ्नो कुरा राख्दै आफू बरु मुख्यमन्त्रीबाट राजीनामा दिन तयार रहेको तर पार्टीको पदबाट राजीनामा दिन तयार नरहेको विचार ब्यक्त गरेका छन् ।
पोेख्रेल र गुरुङलाई एक पद एक ब्यक्ती भनेर पार्टी नेतृत्व तथा कार्यकर्ता स्तरबाट दबाब आएपछि उनले उक्त विचार व्यक्त गरेका छन् । गुरुङ औपचारिक प्रतिकृया नदिएपनि उनले समेत मुख्यमन्त्री भन्दा पार्टीको जिम्मेवारीलाई नै महत्व दिने बताईएको छ । पोख्रेल र गुरुङ दुर्ब नेकपा एमालेमा योगदान गरेका युवा अनुहार समेत भएकोले उनीहरुको पार्टी जिम्मेवारीमा बसिरहन ईच्छा जायज भएको एकथरी नेकपा नेता कार्यकर्ताहरु बताउछन् भने अर्काथरी नेता कार्यकर्ताहरु पार्टीभित्र एक ब्यक्ती एकपदको नीति अबलम्बन गर्न लागिएकोले त्यसलाई कुनै तहको नेताले पनि बाधा पुर्याउनुहुन्न भन्ने तर्क गर्छन् । उनीहरु पोख्रेलले पार्टीको पिजम्मेवारी छाड्न नमाने मुख्यमनत्री नै भएपनि छाड्नुुपर्ने तर्क गर्न थालिसकेका छन् । उनीहरु दुबैले मुख्यमन्त्री छाड्न पहिला प्रदेश सभा सदस्यबाट राजीनामा दिनुपर्ने हुन्छ ।

काँग्रेसका नेताहरु भने पोख्रेल र गुरुङ दुबैको नेकपा पार्टी नेतृत्वलाई घुर्की भएको बताउछन् । एक केन्द्रीय सदस्यका अनुसार राजीनामा दिने कुरा मिडियामा आउनुभन्दा अगाडी नै आउदैन आउने भए आईसक्थ्यो ।