समाचार

पूर्वप्रधानमन्त्री डा.तुलसी गिरीको निधन

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा‍‍. तुलसी गिरीको निधन भएको छ।

मंगलबार बिहान बुढानीलकण्ठस्थित आफ्नै निवासमा ९३ वर्षको उमेरमा उनको निधन भएको पारिवारले जनाएको छ। गिरी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए ।

कलेजोमा क्यान्सर रोग लागेका उनी यसअघि करिब १० दिनसम्म भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । अस्पतालबाट घरमा ल्याइएको अवस्थामा मंगलबार बिहानै उनको देहान्त भएको हो ।

२०१७ सालमा राजाले जन निर्वाचित संसद र सरकारलाई भङ्ग गरी पञ्चायती व्यवस्था सुरु गरेपछि गिरी फर्स्ट मिनिस्टर हुँदै मन्त्रीपरिषदको उपाध्यक्ष भएका थिए।

पञ्चयती व्यवस्थामा गिरी प्रधानमन्त्री भएका थिए। राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा देशको शासन सत्ता हातमा लिएर प्रत्यक्ष शासन शुरु गरेपछी गिरी पुनः मन्त्रीपरिषदको उपाध्यक्ष भएका थिए।

नेपाली कांग्रेसको महामन्त्री हुँदै पञ्चायतकालमा प्रधानमन्त्री भएका राजनीतिज्ञ गिरीका श्रीमती, दुई छोरा र दुई छोरी छन्।