आर्थिक

आँधिखोला लघुवित्तको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

काठमाण्डौ । आँधिखोला लघुवित्त वित्तीय संस्थाले प्रति शेयर रु  १००/—अंकित दरको चार लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशनगर्नको लागि एनआईबिएलएस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो शेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमाआँधिखोला लघुवित्त वित्तीय संस्थालि.कोतर्फबाट प्रमुखकार्यकारी अधिकृत डोलराज के.सी. र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव महाप्रबन्धक कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरे । आँधिखोला लघुवित्त वित्तीय संस्थालि. को अधिकृत पूँजी रु.१५ करोड, जारी पूँजी रु.१० करोड र चुक्तापूँजी रु.६ करोड रहेकोछ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्तापूँजी रु.१० करोड हुनेछ ।

आँधिखोला लघुवित्त वित्तीय संस्था कम्पनी ऐन, २०६३ अन्तर्गत २०७३ भाद्र १० गतेपब्लिक  कम्पनीको रुपमाकम्पनी रजिष्ट्रार कार्यालयमादर्ता भएको हो । २०७३ सालमाघ १२गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको १० जिल्ले यस वित्तीय संस्थाले २०७३फागुन १गतेदेखि आफ्नो वित्तीयकारोवारको शुुभारम्भ गरेको हो ।भिरकोट १, बयरघारी, स्याङजामा केन्द्रीय कार्यालय रहेको यस वित्तीयसंस्थाले स्थापनाको छोटो अवधिमै आफ्नोकार्यक्षेत्र स्याङजा, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलबस्तु, रुपन्देही, नवलपरासी, कास्की, लमजुङ र तनहुँमागरीजम्माहाल१९ वटा शाखा कार्यालय मार्फत् १२,२४६विपन्नवर्गका महिला तथा पुरुषसमूहहरुलाई करिव रु.४९ करोड २२ लाख कर्जा प्रवाह गरेको छ । त्यसैगरी बचत संकलन रु.१४ करोड ४५ लाखगरी करिव रु.८० लाख मुनाफा गर्न सफल रहेको छ ।