साहित्य

गंकी–धुस्वां पुरस्कार मल्ल र रामेशलाई

काठमाडौँ । यस वर्षको गंकी–धुस्वां बसुन्धरा पुरस्कारबाट नेपालभाषाका उपन्यासकार मल्ल के सुन्दर र धुस्वां साय्मि सिर्जना पुरस्कारबाट जनगायक रामेशलाई सम्मान गरिने भएको छ ।

गंकी–धुस्वां बसुन्धरा प्रतिष्ठानले प्रत्येक दुइ वर्षमा नेपालका विभिन्न भाषाका उपन्यासकारलाई गंकी–धुस्वां बसुन्धरा पुरस्कारबाट तथा नेपाली कला एवं सङ्गीत क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुभएका व्यक्तित्वलाई धुस्वां साय्मि सिर्जना पुरस्कारबाट सम्मान गर्दै आइरहेको छ ।

प्रतिष्ठानका अध्यक्ष डा अरुण साय्मिको अध्यक्षतामा हालै बसेको बैठकले नेपालभाषा साहित्यको उपन्यास विधामा नयाँ धार र नयाँ चिन्तनयुक्त उपन्यास सिर्जना गर्नुभए वापत उपन्यासकार मल्ललाई र नेपालको जनपक्षीय सङ्गीत क्षेत्रमा नेतृत्वदायी योगदान पु¥याए वापत जनगायक रामेशलाई सम्मान गर्ने निर्णय गरेको हो । आउँदो माघ १ गतेका दिन उक्त सम्मान प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।