पु.समाचार

प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध उजुरी आह्वान

काठमाडौं । सर्वोच्च अदालतको भावी प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्रशम्शेर जबराविरुद्ध सार्वजनिक उजुरी दिन आह्वान गरिएको छ । संघीय संसद्को संसदीय सुनुवाइ समितिले सोमबार सूचना जारी गर्दै उजुरी आह्वान गरेको हो ।

जबरालाई उक्त पदमा नियुक्त गर्न उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधारसहित पुस ११ गते भित्र कार्यालय समयमा उजुरी दिन सकिने समितिले जनाएको छ । आइतबार बिहान बसेको संसदीय सुनुवाइ समितिको बैठकले सोमबारदेखि १० दिनसम्मका लागि जबराविरुद्ध सार्वजनिक उजुरी दिन आह्वान गरिने निर्णय गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।

जबराविरुद्ध पुस ११ गते सम्म समितिसमक्ष र ७७ जिल्लाका प्रशासन कार्यालयमा उजरी दिन सकिने समितिले जनाएको छ। उजुरीकर्ताले चाहनाअनुसार सूचना गोप्य राख्न पनि सकिने समितिले जनाएको छ।

संवैधानिक परिषदको बैठकले मंसिर २७ गते सर्वसम्मत रूपमा जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । ववर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस १७ गते उमेरहदका कारण अनिवार्य अवकाश पाएपछि जबरा सर्वोच्च अदालतको २९ ‌औँ प्रधानन्यायाधीशमा नियुक्ति हुनेछन्।