आर्थिक

ज्योति विकास बैंक र स्टार हस्पिटल बीच सम्झौता

काठमाण्डौ । ज्योति विकास बैंक र स्टार हस्पिटल, सानेपा हाइट, ललितपुर, बीच सहकार्य सम्झौता भएको छ । बैंकले आफ्ना  सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस अस्पतालका स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सो सम्झौतामा यस बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक शुसील कुमार शर्मा र अस्पतालका तर्फबाट सि. ओ. ओ. डा. सन्देश जि.सि. ले हस्ताक्षर गरेका छन् । यस बैंकका ग्राहकहरुले बैंकको एटिएम् कार्ड देखाई र बैंकका कर्मचारीहरुले बैंकको  Identity Card देखाइ यो सुविधाको लाभ लिन सक्नेछन् ।

हाल बैंकले ८२ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम् आफ्ना सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ८ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम्  संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट रु. २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १९ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकाश बैकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु ३ अरब १० करोड पुग्नेछ ।