खेलकुद

रोनाल्डोको निर्णायक गोलमा युभेन्ट्सलाई ११ अंकको अग्रता

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा शीर्ष स्थानको युभेन्ट्सले अपराजित यात्रा कायम राखेको छ । शनिबार राति भएको खेलमा टोरीनोलाई १ – ० गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले अपराजित यात्रा कायम राखेको हो ।

टुरिन डर्बी भिडन्तमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई जित दिलाएका हुन् । खेलको ७० औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै रोनाल्डोले टिमलाई ३ अंक दिलाए ।

जितसंगै युभेन्ट्सले लिगमा ११ अंकको अग्रता कायम राखेको छ । युभेन्ट्सले १६ खेलबाट ४६ अंक जोडेको छ । दोस्रो स्थानको नापोलीको ३५ अंक छ । पराजित टोरिनो २२ अंक सहित छैटौं स्थानमा छ ।

यस्तै तेस्रो स्थानको इन्टर मिलानको ३२ अंक छ । इन्टरले शनिबार राति उडिनेसलाई १ – ० ले हराएको थियो । इन्टरको जितमा माउरो इकार्डीले निर्णायक गोल गरे ।