मनोरञ्जन

गायक हेमन्त खड्काको पञ्चेबाजा गीत “गुराँस फुल्ने रानी बन” हेर्नुहोस भिडियो सहित

काठमाडौँ ।  मौलिक लोक सिर्जनाहरु साँगितीक बजारमा कम भैरहेको अवस्थामा लोकप्रिय गायक तथा सर्जक हेमन्त खड्का र गायिका शान्ति श्री परियारको आवाजमा रहेको उत्कृष्ट पञ्चेवाजाको गीत “गुराँस फुल्ने रानी बन” गीतको भिडियो सार्वजनिक भएको छ ।

निकै उत्कृष्ट शब्द तथा लय सिर्जना रहेको सो गितले जिवनमा असफल भएका युवा युवतीरुको कथालाई विषयबस्तुलाई समेटेर निमार्ण गरिएको छ । हेमन्त खड्का र कृष्ण आचार्यको लय तथा हेमन्त खड्कको शब्द सिर्जना रहेको छ ।

सजन कुमार सिंहको छायाँकन , गीतमा हेमन्त खड्का र सजन कुमार सिंहको निर्देशन रहेको छ । पञ्चेवाजाको गीत “गुराँस फुल्ने रानी बन”मा सुरज जिसी,आयुष्मा घर्ति मगर र दिपक खड्काले अभिनय गरेका छन ।

भिडियो सहित :