लुम्बिनी

माछा पोखरीमा डुबेर मृत्यु

दाङ। लमही नगरपालिका–३, टिकुलीगढमा माछा पोखरीमा डुबेर शनिबार एक पुरुषको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही वडाको नारायणपुरका ४० वर्षीय कुलबहादुर ओलीको रहेको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार स्थानीय लालबहादुर ओलीको पोखरीमा चिसोले मरेका माछा निकाल्ने क्रममा कुलबहादुरको मृत्यु भएको हो।

उनको शव पोखरीको पानी पम्पसेटबाट निकाली पोखरी खाली गरी निकालिएको छ। शव परिवारलाई बुझाइएको प्रहरी उपरीक्षक घर्तीले बताए।