राजनीति

सभापति देउवाको असन्तुष्टलाई प्रश्न: तपाईहरु ओलीको भन्दा मेरो बढी बिरोध गर्ने, म भन्दा ओली ठीक ?

काठमाण्डौ । नेपाली काँग्रेसको महासमिति बैैठकको उद्घाटन शत्रमा सभापति शेरबहादुर देउवाले नेता कार्यकर्ताहरुलाई आफूलाई बिरोध गर्नुको सट्टा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको बिरोध गर्न आग्रह गरेका छन् ।

पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल, पुर्ब महामन्त्री प्रकाशमान सिंह र कृष्ण सिटौला लगायतका सभापति देउवाको खुलेआम बिरोध गर्दै हिड्ने नेताहरुप्रति लक्षीत गर्दै सभापति देउवाले प्रश्न गर्दै भनेका छन् के म ठीक छैन भने केपी ओली ठीक छन् त ?

उद्घाटन शत्रमा सभापति देउवाले बोल्दै माधब कुमार नेपालले केपी ओलीको बिरोध गरेजतिमात्र तपाईहरुले बिरोध गरिदिनुस भनेका छन् । सभापति देउवाले लोकतन्त्रमा सन्दा आफ्नो बिरोध बढी गरेको उनको तर्क छ । उक्त कार्यक्रममा आफूले सबैलाई मिलाएर लाने बताउदै आफ्ना कुरा ध्यान दिएर सुन्न र भोलीदेखीको कार्यक्रममा चित्र नबुझे छलफलमा ल्याउन महासमिति सदस्यहरुलाई आग्रह गरेका छन् ।

उपसभापति गच्छेदार बोल्दा बोल्दै सभापति शेरबहादुर देउवा र पौडेललाई अंगालो हालेर पार्टी एकढिक्का भएको संकेत समेत दिन खोजिएको थियो ।