खेलकुद

प्रथम बक्लौरी फुटवल प्रतियोगिता पुष अन्तिम साता

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका ६ मा प्रथम बक्लौरी फुटबल प्रतियोगिता हुने भएको छ ।

बक्लौरी यूवा समूहको आयोजनामा हुने प्रतियोगिता २८ पुषदेखि ५ माघसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । पुरातात्विक महत्व बोकेको तथा धार्मीक तिर्थस्थल रामधुनी मन्दीर रहेको सो नगरपालिकाको प्रचारप्रसार सहित फुटवल खेलको विकास तथा सक्षम खेलाडी उत्पादनका लागी प्रतियोगिता आयोजना गरिएको क्लवका अध्यक्ष आशिष श्रेष्ठले जानकारी दिए ।

बक्लौरी यूवा समूह प्रदेश १ कै फुटवल खेलको विकास र विस्तारका लागी महत्वपूर्ण भूमिका निर्वाह गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

प्रतियोगितामा प्रथम पुस्कार एक लाख नगद सहित ट्रफि साथै प्रमाणपत्र र दोस्रो पुस्कार राशि ५० हजार सहित ट्रफि साथै प्रमाणपत्र रहेको छ ।

उक्त प्रतियोगितामा प्रदेश नम्वर १ आठ वटा टिमको सहभागिता हुने आयोजकले जानकारी दिएको छ ।