मनोरञ्जन

सी.डी. विजय अधिकारीले जिते पहिलो ‘द भ्वाइस अफ नेपाल’

 काठमाडौँ । रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’को उपाधि सी.डी विजय अधिकारीले जितेका छन् ।

कतारको दोहास्थित एसियन टाउन ग्रान्डमल सनैयामा द शुक्रबार मध्यरातमा सम्पन्न फिनालेबाट अधिकारी पहिलो भ्वाइस अफ नेपाल बन्न सफल भएका हुन् । चर्चित कलाकार सुन्तलीले अधिकारी पहिलो द भ्वाइस अफ नेपाल बनेको घोषणा गरिन् । सो अघि फिनालेमा पुगेका अधिकारीसँगै चारै प्रतियोगी र उनीहरुका कोचहरुले आफ्नो प्रस्तुति दिएका थिए ।

फिनालेमा कतारस्थित कार्यरत संघसंस्थाका साथै त्यहाँ कार्यरत श्रमिकहरुको पनि सहभागिता रहेको थियो ।फिनालेको लागि नेपालबाट ६८ जनाको  जम्बो टोली कतार पुगेको थियो । विश्वका १९२ भन्दा बढीहरु सफल प्रसारण भएको यो प्रतियोगिता नेपालमा पनि धेरैको मन जित्न सफल भयो  ।

द भ्वाइस अफ नेपालको टाइटल विजेता अधिकारीले २५ लाख नगदसहित कार, २० लाखको म्युजिक एल्बम कन्ट्रयाक्ट र वर्ल्ड टुर अवसर पाएका छन् । दर्शकले दिएको भोटको आधारमा उनी पहिलो नेपाल आइडल बन्न सफल भएका हुन् ।

कम भोट प्राप्त गरेका कारण सिर्जय थपलिया, सप्तक दुर्तराज र कुशल आचार्यको पहिलो भ्वाइस अफ नेपाल बन्ने सपना चकनाचुर भयो ।
शोमा सनुप पौडेल, दीप श्रेष्ठ, प्रमोद खरेल र अभया सु्ब्बा कोचको भूमिका रहेका थिए । आजको फिनालेमा अभया भने व्यक्तिगत कारण देखाउँदै अनुपस्थित रहिन् ।