अन्तर्राष्ट्रिय

जम्मुमा सडक दुर्घटनामा सात जनाको मृत्यु

जम्मु काश्मिर । जम्मु काश्मिरको दुर्गम पहाडी सुजनधार गाउँमा बिहीबार सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् ।

प्रहरीका अनुसार श्रीनगरबाट दक्षिणतर्फ करिब २१० किलोमिटर टाढा पहाडी इलाकामा उक्त दुर्घटना भएको थियो ।
गत साता पनि यात्रुबाहक सवारी साधन दुर्घटना हुँदा जम्मु काश्मिरको पूनाह जिल्लामा १३ जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएका थिए ।

उक्त दुर्घटनका बारेमा थप बिबरण आउन अझै बाँकी छ ।