लुम्बिनी

नेपालगञ्जमा खाद्य मेला

राँझा । पश्चिम नेपालमा पाइने खाद्यवस्तुका बारेमा प्रचारप्रसार गर्न नेपालगञ्जमा आजदेखि ‘खाद्य मेला २०७५’ सञ्चालन भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जको आयोजनामा पुस १ गतेसम्म यहाँस्थित रामलीला मैदानमा मेला सञ्चालन भएको हो । पश्चिम नेपालमा पाइने पोषिला खाद्यवस्तु र उत्पादित खाद्यान्नबाट तयार पारिने खाद्य पदार्थको प्रचारप्रसारका साथै बजारीकरण गर्न खाद्य मेला आयोजना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका प्रमुख ज्योत्स्ना श्रेष्ठले बताए ।

मेलामा साविक मध्यपश्चिमका विभिन्न जातजातिको मौलिक परम्परागत पोषणयुक्त खाद्यपदार्थ, स्थानीय उद्योगबाट उत्पादित खाद्यवस्तुको प्रदर्शनी तथा बिक्री कक्ष गरी ६० कक्ष छन् ।