आर्थिक

ज्योति विकास बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर बीच सम्झौता

काठमाडौँ । ज्योति विकास बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. बीच सहकार्य सम्झौता भएको छ ।

बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस अस्पतालका स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो छ । सो सम्झौतामा यस बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक श्ुाशिल कुमार शर्मा र अस्पतालका तर्फबाट प्रबन्ध सन्चालक बाबु काजी कार्कीले हस्ताक्षर गरेका हुन् ।

बैंकका ग्राहकहरुले बैंकको एटिएम काड देखाई र बैंकका कर्मचारीहरुले बैंकको परिचय पत्र देखाइ यो सुविधा लिन सकिने बैकले जनाएको छ । हाल बैंकले ८२ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप ८ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेकोे बताएको छ ।

हालसम्म बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट रु. २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १८.८० अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।

बैकले हाम्रो बिकाश बैकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडै नै सुरुवात गर्ने तयारीमा रहेको बताइएको छ । त्यसपछि बैंकको चुक्ता पूँजी रु ३ अरब १० करोड पुग्ने जनाइएको छ ।