राजनीति

काँग्रेस महासमिति बैठक: खर्च केन्द्रले गर्छ, चन्दा उठाएको भेटिए खबर गर्नुस कारबाही गर्छौं

काठमाण्डौ । नेपाली काँग्रेसको महासमिति बैठकको अन्तिम तयारी पुरा भएको आज एक पत्रकार सम्मेलनमार्फत काँग्रेसले जनाएको छ । काँग्रेसले एक करोड भन्दा कम खर्च गरि आफ्नो पार्टीको महत्वपूर्ण महासमिति बैठक सक्ने दाबी गरेको छ । बैठकका लागि कही कसैले सहयोग तथा चन्दा संकलन नगर्ने बरु कर्ही कसैले संकलन गरेको थाहा पाए खबरदारी गर्न आग्रह समेत गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेसको महासमिति बैठकपछि नयाँ उर्जा आउने बताउदै यसका लागि सबैले सहयोग गर्नुपर्ने र काँग्रेसको चन्दा उठाउने रणनीति नभएपनि काँही कतैबाट उक्त कुराको जानकारी आए काँग्रेसले कारबाही गर्ने जानकारी दिए ।

काठमाण्डौ काँग्रेसका सभापति तथा महासधिवेशन ब्यवस्थापन समितिका संयोजक सबुज कृष्ण बानियाँले काँग्रेसको त्यसबेलाको खर्च पार्टी केन्द्रले ब्यहोर्ने ब्यवस्था रहेको जानकारी दिँदै एक हजार ६ सय महासमितिबाट खाना लगायतका लागि प्रति ब्यक्ती एक हजार संकलन गरिने बताए । नेता बानियाँका अनुसार बस्ने ब्यवस्था भने महासमिति सदस्य आफैंले गर्नुपर्नेछ भने खानाको लागि पुरा पाँच दिनका लागि नै काँग्रेसले गर्नेछ ।

पार्टी कार्यालउयका सचिब प्रदीप पराजुलीले बैठकस्थलमा पत्रकारहरुका लागिफ्रि वाईफाई र सेल्फी प्याईन्टको ब्यवस्था छ । उपसभापति बिमलेनद्र निधिको राजनीतिक प्रस्ताब, महामन्त्री डा. शसाँक कोईरालाको साँगठनीक प्रस्ताब, अर्का महामन्त्री पूर्णबहादुर खड्काको विधान संसोधन प्रस्ताब, सहमहामन्त्री डा. प्रकाश सरण महतको आर्थिक प्रस्ताब, तथा कोषाधयक्ष सीतादेबी यादबको पार्टीको आर्थिक प्रगती प्रतिबेदन लगायत प्रस्तुत हुने कार्यक्रम छ ।