पु.समाचार

तीन करोड नेपाली दाजुभाईदिदीबहिनीको अपार मायालाई म कैलै बिर्षने छैन– श्रृंखला

काठमाण्डौ । मिस नेपाल प्रतियोगीताको १२ औं नम्बरमा पर्न सफल भएकी श्रृंखला खतिवडाले आफू मिस नेपाल बन्न नपाउदा अन्य प्रतियोगीहरु रोएको बताएकी छन् । चीनबाट मिस नेपाल प्रतियोगीतामा भाग लिएर नेपाल फर्किने क्रममा पत्रकारहरुसंग उनले भनिन् मलाई सबै नेपालीहरुले देखाउनुभएको मायाले अझ उत्शाहीत हुने मौका पाएको छु, आफूले सकेसम्म नेपाललाई विश्वसामु चिनाउने प्रयास गरें, कतिपय विदेशीहरुले नेपाल र सगरमाथाको बारेमा कमै जानकारी रहेछ, उनीहरुले तिमी सगरमाथा चढेकी छौं भनेर सोध्नुहुन्थ्यो ।
श्रृंखला भन्छिन्, कतिपयले न नेपाल भारतभन्दा ठूलो छ र ? तपाईको उनीहरुको भन्दा बढी मत कसरी आयो ? भनेर समेत सोधे । नेपाली दाजुभाईहरुको धेरै माया पाएका कारण मैलै मल्टिमिडिया अवार्ड पाएको थिंए, सबैले धेरै मत दिएपछि उनीहरु आश्चार्यमा परेका हुन् । तपाईलाई मिस वल्र्ड बन्छु भन्ने थियो भन्ने प्रश्नको जवाफमा टप ५ सम्म चैं आउछु नै भन्ने थियो, अरु साथीहरुले त तिमीले जित्छौ भनेका थिए तर खोई किन हो नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको ईच्छा पुरा गर्न सकिन । मलाई पछिल्लो समयमा मिस नेपाल प्रतियोगीता छनौट हुने प्रकृयाले पनि केही अप्ठ्यारो बनायो । तर ठीकै छ नेपालले यतीको सम्मान पाउनुपनि नराम्रो होईन । धाँधली भयो भन्ने कुरा उठीराखेको छ त्यो म आरोप लगाउदिन प्रतियोगीताको प्रकृयालाई समर्थन गर्छु । तर म नेपालीहरुले लगाउनुभएको ऋण भने तिर्न सक्दीन, उहाँहरुको अपार मायालाई मैले कैले बिर्षने छैन ।