लुम्बिनी

सोलार बत्ती जडान

बेझाड । पाल्पाको पूर्वखोला गाउँपालिकाका २५ स्थानमा सोलार बत्ती जडान गरिएको छ ।

उज्यालो पूर्वखोला कार्यक्रमअन्तर्गत हात्तीलेक, जल्पा, रिङ्नेरह, हेक्लाङ, देवीनगर, वीरकोट, सिलुवाका विभिन्न बजार क्षेत्रमा पहिलो चरणमा ती स्थानमा सोलार बत्ती जडान गरिएको गाउँपालिकाका सूचना अधिकारी मोहन ढकालले बताए ।

गाउँपालिकालाई उज्यालो शहरका रुपमा विकास गर्ने गरी पहिलो चरणमा २५ स्थानमा सोलार बत्ती जडान गरिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिए । गाउँपालिकाको रु २४ लाख सहयोगमा शहरोन्मुख धार्मिक तथा पर्यटकीय क्षेत्रमा बत्ती जडान गरिएको हो ।

बाँकी रहेका स्थानमा दोस्रो चरणमा सोलार बत्ती जडान गर्न गाउँपालिकाले रु दश लाख रकम विनियोजन गरेको छ । यसले गर्दा चोरी, डकैती, विकृति, अपराधजन्य क्रियाकलापलाई कम गर्नसमेत सघाउ पुग्ने गाउँपालिकाले जनाएको छ ।