गण्डकी प्रदेश

पूर्वविद्यार्थीद्वारा अक्षयकोष स्थापना

दमौली । तनहुँको भानु नगरपालिका–१३ तीनघरे घर भई हाल अमेरिकामा रहनुभएका राजु अधिकारीले सोही वडाको अरनिको माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।

विद्यालयको पूर्वविद्यार्थी एवं पूर्वशिक्षकसमेत रहनुभएका अधिकारीले सो रु एक लाख एक हजारको अक्षयकोष स्थापना गरेका छन् । विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार छात्रछात्रालाई वार्षिक रूपमा छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले विद्यालयमा गठित पूर्वविद्यार्थी मञ्चमार्फत अधिकारीले अक्षयकोष स्थापना गरेका छन् । अक्षयकोषवापतको उक्त रकम अधिकारीले विद्यालयका प्रधानाध्यापक शैलेन्द्रकुमार साहलाई हस्तान्तरण गरे ।

प्रधानाध्यापक साहले अक्षयकोषबाट विद्यालयको शैक्षिक उन्नतिमा टेवा पुग्ने बताए । पूर्वविद्यार्थी मञ्चका अध्यक्ष गलबहादुर गुरुङले आपैmले अध्ययन र अध्यापन गरेको विद्यालयलाई सहयोग गर्नु उदाहरणीय काम भएको बताए । सो अवसरमा नर्सरीमा प्रथम हुने छात्रछात्रालाई जनही रु ५०० तथा कक्षा एकदेखि १२ सम्ममा प्रथम हुने छात्रछात्रालाई जनही रु एक हजार १०० पुरस्कार प्रदान गरिएको थियो ।