लुम्बिनी

भीरबाट लडेर एक जनाको मृत्यु

कावासोती । नवलपरासीको बुलिङटार गाउँपालिका–६ हडाहाकी ६० वर्षीया मङ्गली कुमालको भीरबाट लडेर मृत्यु भएको छ ।

घाँस काट्ने क्रममा भीरबाट खसेर मङ्गलबार साँझ उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

यसैबीच जिल्लामा गएराति छुट्टाछुट्टै दुर्घटनामा तीन जना घाइते भएका छन् । देवचुली नगरपालिका–२ दुम्कौलीमा ना६ख ५२१७ नं को ट्रकमा लु१ह ८४० नं को अटोरिक्सा ठोक्किँदा अटोरिक्सा चालक मोरड मङ्गलबारेका ४३ वर्षीय छविलाल सुवेदी र उनकी श्रीमती ३४ वर्षीया गीता घाइते भएकी छिन् । दुवै जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

यस्तै गैँडाकोट नगरपालिका–९ थुम्सिमा ना१क २२६ नं को ट्रकमा ना२३प १७३ नं को मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गैँडाकोट नगरपालिका–१० भैँसाखोरीका ४० वर्षीय होमनाथ कँडेल घाइते भएका छन् । उनको एलाइभ अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लामिछानेले जानकारी दिए ।