बाग्मती

बैकको एटिएम तोडफेडको आरोपमा एक जना पक्राउ

काठमाडौँ । प्रहरीले मुक्तीनाथ विकास बैंकको एटिएम तोडफेड गरेको आरोपमा एक जनालाई पक्राउँ गरेको छ ।

प्रहरीले एटिएम तोडफोडको आरोपमा किसोर यादवलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा उनको बाँयाखुट्टातर्फ पाईन्ट भित्रलुकाई ल्याएको फलामको रड थान १ समेत फेला परेको समेत बताएको छ ।

पैसा चोरी गर्ने उद्धेष्यले एटिएम तोडफोड गरेको घटनामा समेत उनको संलग्नता देखिएकाले उनलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त वानेश्वरमा ल्याई चोरी कसुर अन्र्तगत मुद्धामा म्यादथप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई महानगरीय प्रहरी वृत्त वानेश्वरले सि.सि.टि.भि.फुटेज लगायत मार्फत अनुसन्धान गरी एटिएम तोडफोड गर्ने व्यक्तिको फुटेजमा देखिएको हुलियाको आधारमा खोजी गरी रहेकै अवस्थामा २४ मंसिरमा पक्राउ गरेको बताएको छ ।

उनि सिराहको सुखीपुर न.पा.वडा नं ६ घर भई हाल काठमाडौँ महानगरपालिका ३१ मा बस्दै आएका थिए ।