आर्थिक

विना झन्झट सिभिलका देशभरका शाखाबाट जीवनवीमा सेवा लिन सक्नुहुन्छः कार्यकारी अधिकृत, गुरुङ

काठमाण्डौ । सिभिल बैंकले जीवनवीमा सेवालाई विस्तार गर्ने उद्देश्यले सुर्या लाईफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र सुर्या लाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरे ।
अबसुर्या लाईफ इन्स्योरेन्सको जीवनवीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७० शाखाहरु मार्फत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वितहुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।
सिभिल बैंकले यस अघिपनि जीवन वीमा कम्पनिहरु मेटलाइफ, एल.आई.सी. नेपाल, रिलायबल नेपाललाईफ इन्स्योरेन्स र यूनियनलाईफ इन्स्योरेन्स तथा थुप्रै निर्जीवनवीमा कम्पनिहरुसंग सम्झौता गरी जीवनवीमा तथा निर्जीवन वीमासेवा उपलब्ध गराउँदै आइरहेको छ ।