अन्तर्राष्ट्रिय

ब्रेक्जिटः बेलायती प्रधानमन्त्री युरोप भ्रमणमा

ब्रसेल्स । बेलायतकी प्रधानमन्त्री थेरेसा मेले मङ्गलबार युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) बारेमा पुनः छलफल गर्न युरोपेली नेताहरुसँग भेटघाटका लागि ब्रसेल्सतर्फ लाग्नुभएको छ । उहाँले ब्रेक्जिट योजनामा युरोपेली नेताहरुको समर्थन खोज्नु हुनेछ ।

युरोपेली आयोगका अध्यक्ष जाँ–क्लाउड जन्करले ब्रेक्जिटका बारेमा अझै छलफल बाँकी रहेकामा आश्चर्य व्यक्त गर्नुभयो । “म आश्चर्यचकित भएको छु किनभने हामीले नोभेम्बर २५ मै यस बारेमा सम्झौता गरिसकेका छौं,” उनले भने ।

“मैले आज साँझ बेलायती प्रधानमन्त्रीलाई भेट्दैछु र मैले भन्ने कुरा के छ भने हामीले यसअघि गरेको सम्झौता सबैभन्दा राम्रो थियो, र यो नै उत्तम हो,” जन्करले बताए ।

प्रधानमन्त्री मेले युरोपेली परिषदका प्रमुख डोनाल्ड टस्कसँग पनि भेट्नुहुनेछ । उनहरुबीच बिहीबार आपतकालीन ब्रेक्जिट वार्ता गर्नेगरी तय भएको छ । टस्कको कार्यालयले बेलायती प्रधानमन्त्री मे दी हेगको भ्रमण पश्चात् ब्रसेल्स आउनुहुने जनाएको छ । उनले नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुट र जर्मन चान्सलर एन्जेला मर्केलसँग बर्लिनमा भेटघाट गर्नुहुनेछ ।

सोमबार, ब्रेक्जिट सम्झौतालाई बेलायती संसदबाट पारित गर्ने कार्यक्रम प्रधानमन्त्री मेले हाल स्थगित गरीएको छ । उनले ब्रेक्जिट सम्बन्धी सम्झौताका बारेमा संसदमा मतदान गर्नुअघि युरोपेली नेताहरुको समर्थन लिन खोज्नुभएको छ । तथापी, युरोपेली युनियनसँग यसअघि नै ब्रेक्जिट बारे सम्झौता भइसकेको छ ।