सुदूरपश्चिम

बेरोजगार युवालाई सिकर्मी तालीम

बाजुरा । आयआर्जन तथा जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले बेरोजगार युवाका लागि एक महीने सिकर्मी तालीम मार्तडीमा शुरु भएको छ ।

सहयोगी हातहरुको समूह (सहास) नेपालको सहयोगमा सञ्चालित उक्त तालीममा १० जना सहभागी छन् ।

फर्निचरसम्बन्धी सामग्री बजारबाट बनाएर गाउँमा पु¥याउनुभन्दा गाउँकै बेरोजगार युवालाई यस सम्बन्धी तालीम दिई उपभोक्ताको माग र उनीहरुको आयस्रोतमा समेत वृद्धि गर्ने लक्ष्यका साथ तालीम सञ्चालन गरिएको सहास नेपालका जिल्ला वित्त प्रबन्धक नैनकुमार परियारले बताए ।

तालीमका सहभागीलाई प्रतिव्यक्ति रु १० हजार १३१ बराबरको फर्निचर सम्बन्धी विभिन्न औजार र उपकरणसमेत सहयोग स्वरुप उपलव्ध गराइएको सहास नेपाल बाजुराका संयोजक रामबहादुर खत्रीले जानकारी दिए ।