गजल
सँधैआधा गास दिए भोकाको कदर हुनेछ ।
अँधेरीमा जुन देखिए उडयको प्रहर हुनेछ ।
नेताले भाषण गर्दैमा चट्टान मैदान बन्दैन,
बरू ईनले गरेका विकासमा तस्कर हुनेछ ।
विकट भनेर सुन्दर हिमाल गाउँ नछोडौ,
बेषिको आजादी सकिए त्यहि शहर हुनेछ ।
हामीले जेगरे स्यीकार हुन्छ भनी ना ठान,
प्रतेक पद्दतीमाथी जनताको नजर हुनेछ ।
सूगमका घमन्डले जातीय हावा न फैलाउ,
पहाडमा धातु भेटिए भोली यो बगर हुनेछ ।
-जेवी अनुरागी
-राजापुर बर्दिया