समाचार

अध्यक्ष थापाको दाबीः राप्रपा अब जसरी पनि पहिलो पार्टी हुन्छ

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी निर्वाचनबाट राप्रपा बलियो वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाउने दाबी गरेका छन् । पार्टीको ३ नं कमिटीद्वारा  हेटौँडामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संवैधानिक राजतन्त्र, हिन्दू राष्ट्र पुनस्र्थापनालगायतका एजेण्डा बोकेर आन्दोलनमा उत्रिने बताए ।

फरक प्रसङ्गमा उनले कुनै एक धर्मलाई महत्व दिएर धार्मिक द्वन्द्व निम्त्याउने क्रियाकलाप गर्न नहुने बताउँदै वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाए ।

प्रशिक्षण कार्यक्रमलाई राप्रपाका केन्द्रीय नेताहरु भुवन पाठक, तोरणबहादुर गुरुङ, रोशन कार्की, राजाराम बर्तौलालगायतले सम्बोधन गरेका थिए ।