उर्जा

अपि पावरले पाँच प्रतिशत शेयर लाभांश दिने

काठमाडौँ । अपि पावर कम्पनीले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट पाँच प्रतिशत शेयर लाभांश दिने भएको छ । आज बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शेयर धनीलाई चुक्ता पूँजीको पाँच प्रतिशत शेयर लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनी निर्माण गरिरहेको आठ मेगावाट क्षमताको अप्पर नौगाड साना जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । कम्पनीले आगामी चैत १५ गतेदेखि विद्युत् उत्पादन शुरु गर्ने तयारी गरेको कम्पनीका कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेले जानकारी दिए । आयोजनाबाट उत्पादित विद्युत् बलाँच सवस्टेशनमा जोडिनेछ । अपि पावर कम्पनीले निर्माण गरेको सो आयोजनामा नेपाल एसबिआइ बैंक र प्रभु बंैक लिमिटेडको संयुक्त लगानी रहेको छ । कम्पनीले यसअघि आठ दशमलव पाँच मेगावाट क्षमताको नौगाड जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ ।

कम्पनीले यो आयोजना निर्माणपश्चात् ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको निर्माण शुरु गर्ने तयारी गरेको जनाएको छ । यस्तै कम्पनीले १४ मेगावाट क्षमताका सोलार आयोजनाको निर्माण शुरु गरेको छ ।