बाग्मती

अस्पतालमा भवन सानो हुँदा बिरामी कूरुवाहरु अलपत्र

चितवन । चितवन स्थीत भरतपुर अस्पतालमा बिरामी कुरुवाहरुका लागि फरक भवन र्निमाण हुने भएको छ । भवन सानो हुँदा बिरामीका कुरुवाहरु यत्रतत्र अलपत्र हुँदै आएका थिए । सहकारी विकास तथा भवन निर्माण विभागले मंसिर १९ गते एक सुचना जारी गरी बोलपत्र आह्वान गरेको थियो ।

आर्थिक र प्राविधिक प्रस्तावको मुल्यांकनपछि सबैभन्दा कम रकम बोलकबोल गर्ने रविना जोशी फूलजोर जेभीले ठक्का पाएको छ । कुरुवा भवन निर्माणका लागि ६ करोड २ लाख रकम विनियोजन गरीएको थियो ।

त्यसमा निर्माण कम्पनी जेभीले १ करोड ३९ लाख रुपौँयामा भवन निर्माृण गर्ने प्रस्ताव गरेको छ । अस्पतालको पूर्वपट्टि खाली ठाउँमा कुरुवा भवन बन्ने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

निर्माणको काम केहि समयभित्रै सुरु गरीने उनको भनाइ छ । ६ सय शय्याको भरतपुर अस्पतालमा दैनिक करीब एक हजार विरामी स्वास्थ्य जाँच गराउन आउँदछन् । तिमध्ये चारसय पचास विरामी भर्ना हुने गरेको अस्पतालको तथ्यांक छ ।