खेलकुद

ईपीएल क्रिकेट : चितवनद्वारा काठमाडौंलाई १६१ रनको लक्ष्य

काठमाडौं । तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा अहिले चितवन टाइगर्स र काठमाडौं किङस इलाभेनले प्रतिस्पर्धा गरिरहेको छ ।

टियु क्रिकेट मैदानमा चितवनले काठमाडौंलाई जितका लागि १६१ रनको मध्यम लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको चितवन १९ ओभर ५ बलमा अलआउट हुँदै १६० रनमा समेटियो ।

चितवनका लागि दिपेन्द्र सिंह ऐरीले ४५ रन जोड्दा पल स्टर्लिङले ३४ रनको योगदान दिए । यस्तै सन्दीप सुनारले २५ तथा पृथु बास्कोटा २० रनमा अविजित रहे ।

काठमाडौंका संसद सेख र प्रदीप साहुले ३र३ विकेट लिए ।

पहिलो खेलमा ललितपुरसंगको हारले चितवनलाई दोस्रो चरणमा पुग्न काठमाडौंविरुद्धको खेल महत्वपूर्ण रहेको छ । यता, काठमाडौं चितवनलाई हराएर सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।