समाचार

दुई किलो सुनसहित एक जना पक्राउ

काठमाडौं । रसुवामा दुई किलो सुनसहित एक जना पक्राउ परेका छन्।

रसुवाको स्याब्रुबेसीबाट काठमाडौं आइरहेको ना १ ज ६१७६ नम्बरको गाडी जाँच गर्ने क्रममा गोसाइकुण्ड गाउँपालिका– १, थुमनका निमा दोर्जे तामाङ पक्राउ परेको रसुवाका प्रहरी निरीक्षक रन्जन अवाले थाहाखबरलाई जानकारी दिए।

उनलाई रसुवाको धुन्चे ६ बाट नियन्त्रणमा लिइएको अवाले बताए। केहीबेरमा पत्रकार सम्मेलन गरी घटनाको विस्तृत जानकारी दिने बताइएको छ।