प्रवास

न्युयोर्कमा स्रष्टा सम्झना तथा सम्मान साँझ सम्पन्न

न्युयोर्क । नेपाली अमेरिकन कलाकार संघले डिसेम्बर ८ मा पहिलोपटक नेपालका महान श्रष्टा तथा सर्जकहरुको सम्मानका लागि विशेष सांगितिक कार्यक्रम भब्य रुपमा आयोजना गरेको छ ।

अमेरीकामै पहिलो पटक न्यूयोर्क स्थित शेर्पा किदुगको हलमा विशेष सांगीतिक सांझ कार्यक्रमको आयोजना गरीएको छ । साँगितिक कार्यक्रमा नेपाली स्थानीय कलाकारहरुले पुराना कलाकारहरुको सम्झनामा उनिहरुकै गीत गाएर कार्यक्रम भब्य र सभ्य बनाएका छन् ।

गीत संगीत प्रेमी जो कोहि नेपालीहरुको मन मुटुमा बस्न सफल उनै हाम्रा पुराना महान श्रष्टा तथा सर्जकको सिर्जनाले आज पनि नेपाली गीत संगीत बजार धनी छ । त्यस्ता स्रटाहरुको गीतहरुलाई प्रवासी भुमिमा पनि यसरी नेपाली समुदायमा आजका कलाकारले गाउने र उहाहरुको सम्मानमा कार्यक्रम गर्नाले हाम्रा पुर्खाको देनलाई ठुलो सम्मान गर्न सकेको अमेरीकन कलाकार संघका अध्यक्ष सुमन बुढामगरले बताएका छन् ।

यसपालीको पहिलो भागमा निम्न श्रष्टाका अजम्बरी गीत प्रस्तुत गरीएका छन । तथापि अन्य सम्पूर्ण श्रष्टाहरुको सम्झना र सम्मानको क्रम आगामी दिनमा निरन्तर गर्ने कलाकार संघले जनाएको छ ।

सेतुराम, मेलवादेवी, मित्रसेन, शिवशंकर ,धर्मराज थापा, अम्बर गुरुड०,नातिकाजी, फत्तेमान, नारायण गोपाल, पन्नाकाजी, गोपाल योन्जन, तारादेवी, झलकमान, अरुणा लामा, कल्याण शेरचन, अरुण थापा, राम थापा, लोक बहादुर क्षेत्री, प्रबिण गुरुड० आदी “कालजयी श्रष्टाहरुको सम्झना तथा सम्मान् बरिष्ठ संगीतकर्मीहरुको प्रत्यक्ष बाध्यबादनमा ऊनै कालजयी गीतहरुको प्रत्यक्ष गायन” गायकरगायीकाहरु सपना श्री, जगदीश समाल, बिमल डाँगी, रोशन गुरुड०,भगवान भण्डारी, तिलक बम मल्ल, सुमन बुढामगर, लक्ष्मण पौडेल, सरीता डाँगी, राजु ढुङ्गेल, रेश्मा सुनार, निसा सुनार, अभय ढुङ्गेल, तुलसीराम न्यौपाने, लगायतका कलाकार हरुबाट प्रस्तुत गरीएको छ ।

नेपाली अमेरीकन कलाकार संघका महासचिव गायक बिमल डाँगीले भनेका छन् “नेपाली संगीतको इतिहास ऊहाँहरुबाट शुरुवात भयो र त बर्तमानमा हामी नेपाली संगीतमा रमाईरहेका छौं,ऊहाँहरुलाई स्मरण गर्नु अनि ऊनै सृजनाहरुलाई संगीतपारखीमाझ पुर्याऊनु हाम्रो जिम्मेवारी पनि हो । ऊहाँहरु जस्तै अग्रजहरुले बनाएको बाटो पछ्याईरहेका हामीले हाम्रा अग्रजलाई सम्झना गर्न सके भावी पुस्ताले पनि सोहि गर्नेछन् “ ।

कार्यक्रमको समापनमा कलाकार संघले यस्तो एैतिहासिक कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने सम्पुर्ण कलाकार र कला प्रेमीहरुमा बिशेष धन्यबाद दिएको छ । साथै कलाकार संघले हरेक बर्ष प्रदान गर्दै आएको लाईफ टाईम अच्युभमेन्ट पुरस्कार यो बर्ष शिशिर श्रेष्ठ र गोमा योन्जनलाई प्रदान गरेको छ ।