समाचार

राजदूतका लागि समितिले चारैजनाको नाम सर्बसम्मतीले अनुमोदन गर्यो

काठमाण्डौ । सरकारले सिफारिस गरेका चारैजना राजदूतहरुलाई संसदीय सुनुवाई बिशेष समितिले अनुमोदन गरेको छ । यस अनुमोदनपछि भारतका लागि निलाम्बर आचार्य, मलेशीयाका लागि उदयराज पाण्डे, इजरायलका लागि अ१जाल शाक्य र साउदी अरबका लागि कृष्णप्रसाद ढकाललाई नियुक्तीका लागि बाटो खुलेको छ ।

आज सिंहदरबारमा बसेको समितिको बैठकले उनीहरुलाई सर्बसम्मतीले अनुमोदन गरेको हो । अब राष्ट्रपति विद्यादेवी भण्डारीको नियुक्तीपछि उनीहरुलाई कार्यभार सम्हाल्ने बाटो खुल्नेछ ।