खेलकुद

शहीद स्मारक ए डिभिजन लिगः एपिएफ विजयी

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितअन्तर्गत आज सम्पन्न खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एपिएफले सरस्वती युवा क्लबलाई ३–० गोलअन्तरले पराजित ग¥यो । एपिएफका लागि रुपबहादुर लामाले दुई गोल गरे । उनले खेलको १८औँ तथा ८७औँ मिनेटमा युवराज लामाले ४३औं मिनेटमा तेस्रो गोल गरेका थिए । एपिएफ जितसँगै १० अङ्कसहित लिगको सातौँ स्थानमा छ भने सरस्वती क्लब ६ अङ्कसहित नवौँ स्थानमा छ ।