समाचार

व्यासप्रज्ञा स्मारिका विमोचन

दमौली । वेद अनुयायी प्रतिष्ठान नेपाल तनहुँले प्रकाशित गरेको ‘व्यासप्रज्ञा’ स्मारिकाको आज विमोचन गरिएको छ । प्रतिष्ठानले २०७४ कात्तिक १ गतेदेखि २०७५ वैशाख १ गतेसम्म आयोजना गरेको १८ महीने अखण्ड हरिकीर्तन र गत कात्तिक १ गतेदेखि ३० गतेसम्म आयोजना गरेको महामिलन पर्वको गतिविधिलाई समेटेर ‘व्यासप्रज्ञा’ स्मारिका प्रकाशन गरेको हो ।
स्मारिकाको विमोचन गर्दै नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा डा वेणीमाधव ढकालले वेदव्यासको अनुपम प्रज्ञा र प्राज्ञिक योगदानको प्रचारप्रसारका लागि स्मारिकाले सहयोग पुग्ने विश्वास व्यक्त गरे।

भारतीय उपमहाद्वीप र विश्वका धेरै ठाउँमा आफ्नो ज्ञान गरिमाका कारण प्रसिद्ध भएका नारायण अंशावतार महर्षि वेदव्यासको उनकै जन्मभूमि नेपालमा अपेक्षित प्रचारप्रसार नहुनु दुःख लाग्दो विषय भएको उनको भनाइ थियो । व्यासदेवको अवतरण, तपस्या, ज्ञानप्राप्ति, शताधिक ज्ञानपुञ्ज कृतिहरूको रचना, वेदव्यासका सन्देश र सदाचार, सद्विचार उपदेशको प्रचारप्रसार गर्ने उद्देश्यले स्मारिका प्रकाशन गर्नु अत्यन्तै सकारात्मक कार्य रहेको ढकालले बताएका छन् ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले व्यासभूमिको विकास र प्रचारप्रसारका लागि नगरपालिकाको तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । उहाँले धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनको माध्यमबाट व्यासभूमिको विकासका लागि नगरपालिकाले योजना बनाएको समेत बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले स्मारिकाले व्यास क्षेत्रको प्रचारप्रसारका लागि सहयोग पु¥याउने विश्वास व्यक्त गरे । व्यास जन्मभूमिको विकास र प्रचारप्रसारका लागि स्थानीयवासीको सक्रियता निकै सकारात्मक रहेको भन्दै उनले अध्ययन केन्द्र निर्माण गर्न सुझाव दिए ।
व्यासभूमिमा भएका विषयवस्तुलाई समावेश गरी यसको वास्तविक पहिचान पाठक समक्ष पु¥याउनुका साथै वैदिक सनातन धर्म संस्कृतिको संरक्षण एवं संवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले विशिष्ट विद्वानहरूको खोजपूर्ण लेख रचना समावेश गरी स्मारिका प्रकाशन गरिएको प्रतिष्ठानका जिल्ला अध्यक्ष कृष्णकान्त काफ्लेले जानकारी दिए ।

पुस्तकमाथि टिप्पणी गर्दै महेश संस्कृत गुरुकूल देवघाटका सहप्राध्यापक डा गुरुप्रसाद सुवेदीले पुस्तकमा १० वटा लेख व्यासको बारेमा र ८ वटा लेख व्यासभूमिको प्रचारप्रसारका लागि लेखिएको जानकारी दिए ।