राजनीति

नेता सिंह निवासमा पौडेल पक्षको व्यापक भेला, सभापति देउवा थप शसंकित

काठमाण्डौ । काठमाण्डौको ठमेल चाक्सीबारीस्थीत काँग्रेस पूर्बमहामन्त्री प्रकाशमान सिंहको निवासमा पौडेल पक्षीय नेताहरुको भेला भएको छ । गणेशमान सिंहका सुपुत्र प्रकाशमान सिंहको निवासमा आउदै गरेको महासमिति बैठकमा लाने एजेण्डाका बिषयमा छलफल गर्न भेला गरिएको बताईएको छ ।
आज गरिएको भेलामा बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शसाँक कोईराला, कोषाध्यक्ष सीतादेवी यादब, केन्द्रीय सदस्य डा. शेखर कोईराला, अर्जुन नरसिंह केसी, नरहरी आचार्य, डा. मिनेन्द्र रिजाल, नबिन्द्र राज जोशी, गगन कुमार थापा, चन्द्र भण्डारी, बलबहादुर केसी, कमला पन्त लगायतका नेताहरुको उपस्थिती थियो ।

यसभन्दा अगाडि महामनत्री डा. शसाँक कोईराला र सूजाता कोईरालाको निवासमा पटक पटक उक्त समूहको भेला भएपनि पूर्ब उपप्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका नेता प्रकाशमानको निवासमा यति ठूलो आन्तरिक बैठक भएको सम्भबतः पहिलो हो । आजको बैठकमा पौडेल पक्षका बहुसंख्यक नेताहरुको जस्तै सूजाता कोईराला, महेश आचार्य, धनराज गुरुङ, गुरुराज घिमिरे, बद्री पाण्डे, जिवन परियार, किरण यादब लगायतका नेताहरु उपस्थिति छैन । महासमिति बैठक तयारीका लागि सबै नेताहरु आफू र आफ्नो समूहलाई शक्तीसाली बनाउने क्रममा नेता सिंहले निरन्तरता दिएको राजनीतिक टिप्पणी गर्दा अत्युक्ती नहोला । अन्य भेलाहरुमा उपस्थिति देखिएपनि पूर्ब महामन्त्री सिटौलाको उक्त भेलामा उपस्थिति देखिएन ।
यसरी पौडेल पक्षले एकपछि अर्को गर्दै समूहगत भेला गर्न थालेपछि सभापति देउवा शसंकित भएको काँग्रेसका एक उच्च नेताले सुर्यखबरलाई बताए ।