बाग्मती

फोटो पत्रकारलाई आर्थिक सहयोग

काठमाडौँ । नेवाः पत्रकार राष्ट्रिय दबूले मिर्गौलामा खराबी भई उपचार गरिरहेका फोटो पत्रकार आशाकाजी महर्जनलाई आर्थिक सहयोग गरेको छ । दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश नं ३ का सभासद् राजेश शाक्यले रु ५३ हजार आर्थिक सहयोग फोटो पत्रकार महर्जनलाई हस्तान्तरण गरे हो ।

कार्यक्रममा सांसद राजेश शाक्य, खुद्रा व्यापार सङ्घका अध्यक्ष पवित्र बज्राचार्यसहित नेवाः साहित्यकार तथा कलाकार दिनेशराज श्रेष्ठबाट प्रतिव्यक्ति रु पाँच हजारका दरले आर्थिक सहयोग गरेको थियो ।

सो अवसरमा फोटो पत्रकार आशाकाजी महर्जनले पत्रकार दबूको पहलमा आफूलाई आर्थिक सहयोग गरिएकामा कृतज्ञता व्यक्त गर्दै ठूलो रोगबाट ग्रस्त व्यक्तिको उपचारमा सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।

प्रदेश नं ३ का सांसद राजेश शाक्यले फोटो पत्रकार आशाकाजी महर्जनको स्वास्थ्य लाभको कामना गर्दै गम्भीरखालका बिरामीको उपचारका लागि सहयोग गर्न अक्षय कोष बनाउनुपर्ने धारणा व्यक्त गरे ।