गण्डकी प्रदेश

स्वास्थ्यचौकीमा औषधिको अभाव

हुम्ला । जिल्लाको मध्य सर्केगाड गाउँपालिका–२ रिप गाउँमा रहेको स्वास्थ्यचौकीमा औषधिको अभाव भएको छ । रिप स्वास्थ्यचौकीले बिरामीलाई ४२ प्रकारका औषधि निःशुल्क वितरण गर्दै आए पनि अहिले उक्त स्वास्थ्यचौकीमा एउटा एन्टीबायोटिक बाहेक अरु औषधि नभएको स्वास्थ्य प्रमुख सुदर्शन बमले बताएका छन् ।

गाउँपालिकाले औषधिका लागि बजेट नछुट्याएकाले स्वास्थ्यचौकी अन्योलमा परेको गाउँपालिका–२ का अध्यक्ष विशे महताराले बताएका छन् । “बजेट पर्याप्त नहुँदा औषधि हालसम्म आइपुगेको छैन साथै गाउँपालिकाले पनि बजेट विनियोजन नगरेकाले औषधिको अभाव भएको छ”, स्वास्थ्य प्रमुख बमले भने ।

स्वास्थ्य स्वास्थ्यौकीमा औषधि नहुँदा दैनिक उपचार गर्न आउने आठ देखि १० बिरामीलाई फिर्ता पठाउने गरेको उनको भनाइ छ । स्वास्थ्यचौकीका लागि गाउँपालिकाले नै बजेटको व्यवस्था नगर्ने भनेपछि वडाले औषधिका लागि बजेट नछुट्याएको वडाध्यक्ष महताराले बताएका छन् । स्वास्थ्यचौकीमा औषधी नहुँदा गाउँपालिका–२ का स्थानीयवासी प्रत्यक्ष मारमा परेका छन् ।