गण्डकी प्रदेश

अर्बुद्ध रोगपीडित सुजनलाई सहयोग

कास्की । विगत तीन वर्षदेखि अर्बुद्ध रोगसँग जुधिरहेका पोखरा महानगरपालिका–१० बुद्धचोक निवासी २४ वर्षीय सुजन पुनलाई ‘पुन समाज नेपाल, बेलायत तथा कोरिया’ले आर्थिक सहयोग गरेको छ ।

बेलायत र कोरियामा सङ्कलन भएको रु छ लाख ९५ हजार पुन समाज नेपालका पदाधिकारीले पीडित सुजनलाई हस्तान्तरण गरेका हुन् । बेलायतमा रु तीन लाख ५७ हजार र कोरियामा रु तीन लाख ३८ हजार सङ्कलन भएको समाजका वरिष्ठ उपाध्यक्ष खिमन पुनले जानकारी दिए ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागी स्थायी घर भएका देउबहादुर पुनका छोरा सुजन पोखराको जनप्रिय क्याम्पसमा व्यवस्थापन सङ्कायमा तेस्रो वर्षमा अध्यनरत छन् ।