साहित्य

जेवि अनुरागीको गजल-घिर्णित भईयो समीप बनि बाँच्ने रहर थियो

गजल

घिर्णित भईयो समीप बनि बाँच्ने रहर थियो ।
कविला नभए दिल सुलीमा टाँस्ने रहर थियो ।

समय झै सुख फर्किने आशमा पतझड बने,
समाधिको अन्तिम पल हेरी हाँस्ने रहर थियो ।

बिहानी सित एक मुठी सास साथ दि पठाएँ,
उतै चुटियो पतंगसित मन गाँस्ने रहर थियो ।

देखेकै आधारमा धेरैको हमसफर बन्न पुगेउ,
बराती बनि तिम्रो आँगनमा नाँच्ने रहर थियो ।

चाहत बदल्दै छाना भत्काई महलमा पूगेछौ,
सड़क बाटै दुनियाँको भ्रम मास्ने रहर थियो ।

-जेवी अनुरागी
-राजपुर बर्दिया