खेलकुद

ईपीएलमा अाज चितवन र ललितपुर, पोखरा र भैरहवा खेल्दै

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) अन्तर्गत आइतबार २ वटा खेल हुने भएका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार बिहान ९ बजे हुने पहिलो खेलमा चितवन टाइगर्स र ललितपुर प्याट्रियोस खेल्नेछन् ।

ललितपुरको यो दोस्रो खेल हो भने चितवन पहिलो खेल खेल्दै छ । उद्घाटन खेलमा विराटनगरसँग ललितपुर ३ विकेटले पराजित भएको थियो । चितवन पृथु बास्कोटाको कप्तानीमा मैदान उत्रँदा ललितपुरको कप्तानी ज्ञानेन्द्र मल्लको हातमा छ । लामो समयदेखि क्रिज बाहिर रहेका पृथुको प्रदर्शनमा नेपाली क्रिकेट समर्थकको ध्यान केन्द्रित हुने छ ।

यसैगरी दिउँसो १ बजे भैरहवा ग्लाडियर्टस र पोखरा राइनोज पनि आमने सामने हुनेछन् । पोखरा राइनोजमा शक्ति गौचन मार्की खेलाडी रहेका छन् । यही ईपीएलबाट सन्यास लिने घोषणा शक्तिले गरेकाले पनि उनको प्रदर्शन हेर्न लायक हुने छ ।