बाग्मती

लागुऔषधसहित दुई पक्राउ

काठमाडौँ । चन्द्रागिरि नगरपालिका– २ नागढुङ्गा सुरक्षा चौकीबाट लागुऔषधसहित दुई जनालाई शनिवार प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले बसमा जाँच गर्दा झापा दमक उपमहानगरपालिका– ५ का २१ वर्षीय साजन भुजेल र कैलाली गोदावरी नगरपालिका– २ का १८ वर्षीय राजन खनाललाई लागुऔषधसहित पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए ।

जाँचका क्रममा झापाबाट काठमाडौँ आउँदै गरेको ना५ख ४९७२ नंको बसमा यात्रारत भुलेजको झोलाबाट ३० एम्पुल फेनारगन, २९ एम्पुल लुफिजेसिक र ३१ एम्पुल डाइजापाम बरामद गरेको प्रहरीले जनाएको छ ।

यस्तै धनगढीबाट काठमाडौँ आउँदै गरेको ना५ख ९४०६ नंको बसमा यात्रारत खनालको झोलाबाट नाइट्रोभेट ट्याबलेट ३०० थान फेला परेको क्षेत्रीले जानकारी दिए ।

उनीहरुलाई थानकोट प्रहरीले हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको छ ।