सामाजिक सञ्जाल

महामन्त्री शाही तर्क गर्छन्, ‘गुट जोगाउने भन्दा पार्टी जोगाउन लागौं’

काठमाण्डौ । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले नेपाली काँग्रेसभित्रको गुट जोगाउने भन्दा काँग्रेस पार्टीलाई जोगाउनसुपर्ने समय आएको बिचार ब्यक्त गरेका छन् । लामो समयपछि आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले महासमिति बैठकले गुटबन्दी गर्ने भन्दा काँग्रेस जोगाउने निर्णय गर्नुपर्ने उनको तर्क छ, उनले भनेका छन्,

“गुट जोगाउने कि पहिला कांग्रेस जोगाउने ? महासमितिले फैसला गरोस।
आज नढाटेर भन्ने हो भने जुनसुकै बाहानामा आफू र आफ्नो गुट जोगाउने बाहेक कसैले पनि पार्टी जोगाउने कुरा गरेको छैन। आजको खाचो भनेको कांग्रेसमा बृहत भाबनात्मक एकता र अधिक्तम सहमतिमा पार्टी संचालन गर्नु हो। न रह्यो बाँस न रह्यो बासुरी भन्या जस्तै पहिला घरको कोठा जोगाउने कि पुरै घर जोगाउने ? कांग्रेस नै नरहे गुट मात्र बाकी रहेर के अर्थ होला र ? पार्टी जे सुकै होस गुट र उपगुट जिन्दावाद भन्ने तरिका बाट सबैको सर्बनास बाहेक अरु केही हुदैन। आउनुहोस् अब अरुको मुख नताकौ हामि बाटनै गुट होइन पहिला पार्टी बचाउने शुभ अभियानको प्रारम्भ गरौं।”