आर्थिक

शेयर बजारः दुई अर्ब बढीको कारोवार

काठमाडौँ । धितोपत्र बजारमा यस साता रु दुई अर्ब २२ करोड ३५ लाख ६८ हजार २२६ बराबरको शेयर कारोवार भएको छ । शेयर कारोवार भएका पाँच दिनमध्ये सोमबार, मङ्गलबार र बिहीबार भने कारोवार वृद्धि भएको थियो । आइतबार र बुधबार भने बजार घटेको थियो ।

साताको पहिलो दिन बजार १७।७३ बिन्दुले घटेको थियो । नेपाल स्टक एक्सचेञ्चका अनुसार पहिलो दिन ५६ कम्पनीका १४ लाख ४२ हजार १३८ कित्ता शेयर रु रु ४५ करोड ४६ लाख ९५ हजार ९९५ मा खरीद बिक्री भएको थियो । तर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घट्दा एक हजार १३०।६३ बिन्दुमा पुगेको थियो ।

कारोवारको दोस्रो दिन सोमबार बजार सामान्य अङ्कले मात्रै बढेको थियो । नेप्से परिसूचक शून्य दशमलव नौ अङ्कले बढेर सो दिन एक हजार १३१ दशमलव ७३ विन्दुमा पुगेको थियो । कूल १५६ कम्पनीको २१ लाख ३९ हजार ३४८ कित्ता शेयर रु ६३ करोड ७९ लाख ५४ हजार ९४८ मा खरीद बिक्री भयो ।

साताको तेस्रो दिन मङ्गलबार बजार १० दशमलव २७ बिन्दुले बढेर एक हजार १४२ दशमलव शून्य एक बिन्दुमा पुग्यो । कूल १६१ कम्पनीको १२ लाख २२ हजार १४४ कित्ता शेयर रु ३८ करोड २६ लाख ५९ हजार ६७ मूल्यमा खरीद बिक्री भएको थियो । बुधबार भने बजार २३ अङ्कले घटेर एक हजार ११८ दशमलव १९ बिन्दुमा झ¥यो । कूल १५६ कम्पनीको ११ लाख ६८ हजार २३३ कित्ता शेयर रु ३७ करोड ७२ लाख ८६ हजार २७९ मूल्यमा खरीद बिक्री भयो ।

साताको अन्तिम दिन बिहीबार बजार दुई दशमलव सात बिन्दुले बढ्यो । कूल १६२ कम्पनीको १३ लाख ७४ हजार ३४६ कित्ता शेयर रु ३७ करोड नौ लाख ७१ हजार ९३६ मूल्यमा खरीद बिक्री भए ।