प्रवास

एनआरएनको छैटौँ एशिया प्यासिफक सम्मेलन शनिबारदेखि

काठमाडौँ । सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न गैरआवासीय नेपाली सङ्घको एशिया प्यासिफिकको छैटौं क्षेत्रीय सम्मेलन शनिबारदेखि हङ्कङमा शुरु हुने भएको छ ।

सम्मेलन ‘सम्मृद्ध नेपालका लागि लगानी र रोजगार, दायित्वसहित गैरआवासीय नेपालीलाई अधिकार’ भन्ने विषयमा केन्द्रित रहने सङ्घका प्रवक्ता भूषण घिमिरेले जानकारी दिनुभयो । सम्मेलन आइतबार घोषणापत्र जारी गर्दै समापन हुनेछ । सङ्घले साना तथा मझौला व्यवसायमा लगानी र त्यसमा देखिएका नीतिगत अप्ठेराप्रति विशेष छलफल हुने जनाएको छ । सम्मेलनलाई कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणी खनालले सम्बोधन गर्नेछन् ।

यस्तै सङ्घका पूर्वअध्यक्षहरु उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले, देवमान हिराचनलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यवसायी र बौद्धिक व्यक्तित्वसहित ३५० को सहभागिता रहनेछ ।