आर्थिक

नेबिकोको नयाँ डाइजेष्टिभ बिस्कुट पोखराको बजारमा

पोखरा । नेबिकोको नयाँ उत्पादन डी. ट्वान्टी डाइजेष्टिभ बिस्कुट शुक्रबारदेखि पोखराको बजारमा बिक्री वितरण सुरु भएको छ ।

कम्पनीका एरिया सेल्स म्यानेजर खेमराज बराल र सेल्स अफिसर हरि सुवेदीले संयुक्त रुपमा एक कार्यक्रमका बीच सो बिस्कुट सार्वजनिक गरेका हुन् । ९० ग्राम तौल रहेको उक्त बिस्कुटको बजार मूल्य २० रुपैयाँ तोकिएको छ । उत्कृष्ट मेटालिक प्याकिङमा उपलब्ध बिस्कुटको गुणस्तर निकै उच्च किसिमको रहेको एरिया सेल्स म्यानेजर खेमराज बरालले बताए । शरीरलाई आवश्यक पोषक तत्व र स्वस्थ्यबर्धक भएकाले निर्धक्क भएर प्रयोग गर्न कम्पनीले आम उपभोक्तालाई आग्रह गरेको छ । डी. ट्वान्टी बिस्कुट उपभोक्ताको सहजीकरण, तौल नियन्त्रण तथा सन्तुलन राख्न प्रशस्त शक्ति र फाइबरसहित उत्कृष्ट स्वादमा उत्पादन गरिएको कम्पनीले जनाएको छ ।

नेपालकै पहिलो बिस्कुट तथा कन्फेक्सनरी उत्पादक कम्पनी नेबिकोले विगत ५४ वर्षदेखि कोकोनट, ट्रेकर च्वाइस, थिन आरारोट, सुगर फ्रि डाइजेष्टिभलगायतका आफ्ना उत्पादनहरु उपभोक्तामाझ ल्याइरहेको छ ।