आर्थिक

एनआई सीएशिया बैंककोे शाखारहित बैंकिङ्ग सेवो कुन्तादेवीमा

काठमाण्डौ । शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थितिगर्दै गाउँगाउँमा वित्तीयपहुँच तथा वित्तीय सबलीकरणको लागिशाखारहित बैंकिङ्गसेवा प्रदानगर्दै आईरहेकोे यस एनआई सीएशिया बैंकले ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिका वडा नं. १ कुन्तादेवी पसल डाँँडामा आफ्नो विसौं शाखारहित बैंकिङ्ग सेवा मंसिर २१ गतेबाट संचालनमा ल्याएको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटनमाननीय यज्ञ राज सुनुवारले गरे ।

उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा संजय खत्रीलाई बैंक द्वारा नियुक्त गरिएको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवालिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दालाई लामो दुरीसम्म हिड्नु पर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ । यस्तो सेवाबाट स्थानीय बासिन्दाहरुले विभिन्न निक्षेप खाताखोल्ने, तोकिएको सीमासम्मको रकमजम्मागर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवाको महसुल भुक्तानीगर्ने, स्वीकृत सिमाभित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानीगर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्तबैंक स्टेटमेन्ट प्राप्तगर्न सक्नेछन् ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७० शाखाकार्यालय, २८५ एटिएम, ३७ वटा एक्स्टेन्सन काउण्टर एवं २० वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ ।

बैंकको वासलातको आकार रू. २०८ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथाकुलकर्जा करिब रू. १४४ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्याकरिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थपशाखा/शाखारहित बैंकिङ्ग सेवा संचालनगर्ने योजना अगाडि सारेको छ ।