विचार/ब्लग

‘म कर्तव्यनिष्ट र जिम्मेवार नागरिक बन्न चाहन्छु’

जयन्ती बडुवाल/म आर आर क्याम्पसमा अध्ययन गर्दै आइरहेकी छु । हाल बिए दोस्रो वर्षमा छु । तथापि, भर्खरमात्र मलाइ यो क्याम्पसमा अध्ययन गर्दा विभिन्न कार्यमा अनुसन्धान गर्ने सोच पलाएको छ । मेरो अनुसन्धान गर्ने सोच मेरो प्रगतिको लागि राम्रो हो भन्ने आशा लागेको छ । म पत्रकारिकता र राजनीतिशास्त्रको विद्यार्थी भएकोलेपनि होला आफ्नो बिषयमा केही दख्खल हाँशिल गर्न पछिल्लो समय हौसला मिल्न थालेको छ । मलाई लाग्छ हाम्रो कलेजमा अधययन गर्नुहुने मेरा सहपाठी मित्रहरुलाई पनि यस्तै प्रकारको सोच पलाईराखेको होला ।

कुनै कुनै क्लासमा शिक्षकहरु ढिला आउने प्रचलन छ भने प्रायःजसो विद्यार्थीहरु खचाखच हुने, लाष्ट सिटमा बसेर हल्ला गरी पढ्ने खाल्का विद्यार्थीलाई अबरोध गर्ने, क्लास रुमको नजिकै कार्यक्रम हल वा भलिवल मैदान भएकोले क्लास रुमलाई समेत अबरोध गर्ने खाल्का क्रियाकलापहरु सञ्चालन हुने, बिद्यार्थीहरु कक्षामा अध्ययन गर्नुको सट्टा क्यान्टिनमा चिया पीएर बस्ने जस्ता कमजोरीहरु देखिएका छन् ।

पत्रकारिता बिषयमा पत्रकारिता अनुसंधान र पत्रकारिताको ईतिहास बिषयमा हामीले पढ्नुपर्ने हुन्छ, गलत कुराको विरुद्ध मनमा कुराहरुखेल्न थालेका छन् । क्याम्पसमा नै भईरहेका विभिन्न पार्टीसंग जोडिएका राजनीतिक गतिविधी देखी झैझगडा, हुलहुज्जत जस्ता क्रियाकलापलाई अन्त्य तथा ब्यवस्थित गर्न सके क्याम्पसको गरिमालाई अझ बचाउन सकिन्छ भन्ने मेरो धारणा बनेको छ । कुनै कुनै क्लासमा शिक्षकहरु ढिला आउने प्रचलन छ भने प्रायःजसो विद्यार्थीहरु खचाखच हुने, लाष्ट सिटमा बसेर हल्ला गरी पढ्ने खाल्का विद्यार्थीलाई अबरोध गर्ने, क्लास रुमको नजिकै कार्यक्रम हल वा भलिवल मैदान भएकोले क्लास रुमलाई समेत अबरोध गर्ने खाल्का क्रियाकलापहरु सञ्चालन हुने, बिद्यार्थीहरु कक्षामा अध्ययन गर्नुको सट्टा क्यान्टिनमा चिया पीएर बस्ने जस्ता कमजोरीहरु देखिएका छन् ।
कलेज प्रशासनमा राजनीतिकरण भएकाले हो वा किन हो सामान्य अनुशासनको समेत कक्षा कोठामा विद्यार्थी वा शिक्षकले अबलम्बन गरेको भेटिदैन । शौचालय महिलाका लागि एउटामात्र ब्यवस्था गरिएकोले छात्रा विद्यार्थीहरुलाई असहज भएको त्यहाँ आउने सबैले देख्छन् । अधिकाँस विद्यार्थीहरु कुनै न कुनै जागिर गरेर अध्ययन गर्न आउनुहुने भएकाले पनि होला समयमा आएका हुन्नन् । त्यति हुंदाहुंदैपनि हाम्रो पत्रकारिता अनुसन्धान पढाउनु हुने शिक्षक प्रकाश आचार्यले समयमा आउनुहुन्छ, सबै विद्यार्थीलाई नियमसंगतरुपमा हाजिर गराउनुहुन्छ । हल्ला गर्ने विद्यार्थीलाई उहाँले सम्झाउनुहुन्छ, अन्य विषय भन्दा बढी पत्रिकारिका अनुसन्धान विषय मेरा लागि विशेष भएको छ ।

वास्तवमा भन्ने हो भने रत्नराज्यलक्ष्मी क्याम्पस देशको वरिष्ठ पत्रकार उत्पादन गर्ने मुख्य थलो बनेको छ । म र मेरा केही साथीहरु यो देशका पत्रकार मात्र नभएर असल, कर्तव्यनिष्ट, जिम्मेवार र देशभक्ति नागरीकका रुपमा उदाउन चाहान्छौँ । तथापी, मैले यो क्याम्पसमा पत्रकारीता अध्ययन गरेदेखि देश विदेशका सुचना र खबरहरु सजिलै प्राप्त गरेको महशुस हुन्छ, अहिले मिडियाको विकास क्रमसंगै दर्जनौं टिभि च्यानल, ब्रोडसिट दैनिक, साप्ताहिक, एफएम, अनलाईन लगायत धेरै नै सञ्चारमाद्यमहरु भएकाले मलाई नेपालभित्रका मात्र नभएर विश्वभरका समाचारहरुसंग नजिक रहन सहज भएको छ । कतिपय मिडियाले तटस्थ समाचारहरु सम्प्रेषण नगरेकाले भने कुनै कुनै समाचारमाथी विश्वास गर्न गाह्रो नभएको भने होईन ।

७७ जिल्ला तथा सातै प्रदेशका साथीसँग भेटघाट हुने मात्र नभई उनीहरुसंग राम्रो सम्बन्ध स्थापित भईरहेको छ । सम्पर्क बढेपछि कहिलेकाँही एक अर्काको सुखदुःख साटासाट गर्न सहज बनाउने केन्द्र समेत भएको छ आर आर क्याम्पस । म मेरो अध्ययनप्रतिको कर्तव्य र जिम्मेवारीमा गम्भीर भएर लागेकीले पनि होला आफू परिचित तथा अपरिचित सार्थीहरुसंग राम्रो सम्बन्ध बनाउन चाहन्छु, मप्रति साथीहरु आत्मिय भएको महशुस हुन्छ, उहाँहरुसंग म ऋणी छु । राजनीतिशास्त्रको बिद्यार्थीमात्र नभएर राजनीतिक चेतना बढेकाले समेत हुन सक्छ, आफ्नो समस्या भएपनि मैले साथीहरुको समस्यालाई प्रशासन माझ लगेर समाधान गर्ने प्रयास पनि कहिलेकाँही गर्ने गरेकी छु ।
काठमाडौंमा पशुपति, त्रिचन्द्र, पब्लिक युथ, अस्कल, ताहाचाल, मिनभबन, बानेश्वर, ल क्याम्पस, बाल्मिकी, पध्मकन्या, सरस्वती, विश्वभाषा लगायतका सरकारी स्तरका राम्रा कलेजहरु छन् । यतिका संख्यामा कलेज हुंदा हुंदैपनि आर आर क्याम्पस अन्य क्याम्पस भन्दा राम्रो पठानपाठन भएको क्याम्पस हो भन्ने शिक्षाबृतमा छलफल हुने गरेको मैले सुनेकी छु । यो क्याम्पस प्रदर्शनीमार्गस्थित काठमाडौँको केन्द्रमा पर्ने भएकाले धेरै विद्यार्थीहरुलाई काठमाडौंका अधिकाँस स्थानबाट आउन सजिलो हुन्छ, कलेजमा भर्ना गर्न र मासिक शुल्क अहिलेको महंगीमा निकै सस्तो भएकोले पनि म जस्ता मध्यम वर्गीय विद्यार्थीका लागि आर्थिक रुपमा समेत सहज छ ।

स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्न पाईने नेपालको पुरानो आर आर क्याम्पसमा पत्रकारीता सहित म्युजिक, समाजशास्त्र, राजनीतिशास्त्र, अंगे्रजी, जनसंख्या, नेपाली लगायतका विषयमा मानबिकी संकायमा अध्ययन÷अध्यापन गरिन्छ । सरकारी, गैरसरकारी, अन्तर्राष्ट्रिय स्तर सम्मका माथिल्ला पदमा यस कलेजका विद्यार्थीे पुगेको यथार्थता सबैका सामु छर्लगं छ । क्याम्पसमा राजनीतिक, सांस्कृतिक, साहीत्यीक लगायतका बिभिन्न कार्यक्रम हुने भएकाले विद्यार्थीले आफ्नो सिर्जनालाई सजिलै प्रस्तुत गर्न सक्ने अवशर पाउछन् । यस्तो क्रियाकलापबाट म र मेरो केही साथीहरु प्रभावित भएर भोली यो देशको असल नागरीक बन्ने प्रण गरेका छौं । सायद यो क्याम्पस असल राजनीतिज्ञ, पत्रकार, समाजशास्त्री, संगीतकार, कलाकार उत्पादन गर्ने थलोको रुपमा स्थापना गरिएको हो कि भन्ने मेरो विश्लेषण छ ।

वि.स २०१८ सालमा यस क्याम्पसको स्थापना भएको हो । यो देश भरिकै पहिलो पटक पत्रकारीता अध्ययन हुने क्याम्पसको रुपमा परिचित छ । त्यसैले मलाई यो क्याम्पसको विद्यार्थी भएर चिनिन पाउँदा गर्व महशसु हुन्छ ।
(लेखक बडुवाल आरआरक्याम्पसमा बिए दोस्रो वर्षमा पत्रकारिता विषयमा अध्ययनरत छिन्)