मनोरञ्जन

गायिका भण्डारीको नयाँ गीत ‘साटुकी मेरो मन’सार्वजनिक(भिडियो सहित)

काठमाडौँ । गायिका सोनी राजभण्डारीको स्वरमा रहेको नयाँ गीत ‘साटुकी मेरो मन’सार्वजनिक भएको छ ।

अविदको शब्द र सङ्गीत र संजीव बराईलीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । संचारकर्मी तथा निर्देशक शुभाष प्रधानले निर्देशन गरेको गीतको भिडियोमा मनिषा सापकोटालाई फिचर्ड गरिएको छ ।

राज महर्जनको कोरियोग्राफ, रामकुमार केसीको छायाँकन रहेको गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

भिडियो सहित :